दफा
राष्ट्रिय निकुञ्जभित्र प्रवेशमा बन्देज
: (१) तोकिए बमोजिमको प्रवेशपत्र वा अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नपाई कुनै पनि व्यक्ति राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र प्रवेश गर्न पाउने छैन।

तर काजमा खटिएको सरकारी कर्मचारी वा शराष्ट्रिय निकुञ्ज वा आरक्षभित्र

प्रचलित बाटोको अधिकार पाएको व्यक्तिको हकमा यो उपदफा लागू हुने छैन ।

(२) उपदफा (१) बमोजिमको प्रवेशपत्रको ढा“चा, प्रकार, दस्तुर र अन्य शर्तहरु

तोकिए बमोजिमको हुनेछ ।